आफ्नो ठान्दाठान्दै कुराको गाँठो पर्‍यो

सन्दर्भ : दक्षिण सुडानको स्वतन्त्रता दिवस (जुलाई ९)

 

देशबाट धेरै टाढा । परदेशमा ‘आफ्नो’ भन्ने अर्थ भिन्न हुन्छ । नाताको जो कोही आफ्नो भइगयो । अनि नेपाली देख्दा आफ्नो लाग्छ । नेपाली बोल्ने भूटानी दाजू-भाई आफ्नो लाग्छ । आफूनजिकको भारतीय आफ्नो लाग्छ । अलि-अलि बोलेको बुझ्ने भएकाले पाकिस्तानी आफ्नो लाग्छ । बोलेको नबुझे पनि चीनका मान्छेलाई छिमेकी ठान्छ मनले । भियतनामी, कम्बोडियाली, बंगाली आदि जो पनि एशियन आफ्नो लाग्छ । अमेरिकीहरू भिन्न भन्ने लागेर यसो भएको होइन । टाढा बस्दा मनले कता-कता रेखा कोर्छ । तर यी रेखाहरू धेरै दिनका लागि होइनन् भन्ने पनि छ । 

बोल्दाबोल्दै बुबा जानुभयो

 

त्यो वैशाख १४ को दिन । २०६९ वैशाख १४ । काठमाडौंको दैनिक जीवन । म घर थिएँ, कपनमा । बिहानका धेरै काम एकोरिइँदै गर्दा ठूली बहिनी किरणले फोन गरी, ‘बुबा-आमा मधेशबाट हिजो आउनु भएको । पुराणको प्रसाद होला । बुबालाई अलि बिसन्चो पनि छ ।’ किरण र साहिली बहिनी ज्योति घरबाट हिंडिसकेका थिए । बाटैबाट किरणले फोन गरेकी हो । मैले भनें, ‘हुन्छ नि ।’ 

हामी बुढा-बुढीबीच कुरा भयो । म भन्थे, ‘म मात्र जान्छु ।’
बन्दना (मेरी श्रीमती) को कुरो, ‘म पनि जान्छु ।’
यसो गर्दागर्दै हामी दुवै जाने भयौं, साथमा सानी छोरी । ठूली छोरी स्कूल गएकी ।

दुई वर्ष बितेछ

 

२०६५ को स्काउट पत्रकारिता पुरस्कार तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका हातबाट पाएको थिएँ । प्रधानमन्त्री नेपाल स्काउटका प्रमुख हुन्छन् । पुरस्कार लिँदाको दिन मेरा लागि रोमाञ्चक थियो र अविस्मरणीय पनि बन्यो । किनभने पुरस्कार दिएको दुई वर्ष नबित्दै गिरिजाबाबुको निधन भयो । उनको निधन भएको पनि दुई वर्ष बिती पो सकेछ । Read More »

रहरबाट जिम्मेवारी

हिउँ पर्छ है, त्यसबेलासम्म बिदा पाउँ भन्नुको एउटा कारण थियो । एउटा जिम्मेवार कारण । सक्नै पर्ने । करिब सकियो पनि । फुर्सद मिलेजस्तो जस्तो भएको छ । तर हिउँ चाहीँ यो वर्ष ढिलो पर्ने भयो । २०१२ जनवरीको १२ मै मात्र पर्ने मौसम-भविष्यवाणी छ । बिहान उठ्दा कम्तीमा पक्कै ६ इन्च । अहिले जनवरी ११ को राती ११ बजे ।
सन् २०१० अगस्तमा सुरु गरेको नेपाली न्युजलेटर ‘अक्षरिका’ ले मलाई एउटा जिम्मेवारी थपिदियो र भन्यो, ‘सक्छस् भने किताब तयार पार ।’ म पनि के कम गर्ने आँट गरे । धेरै थोकले साथ दियो । पिसकोर स्वयंसेवक डगलस हल, ज्वाईं सतन आचार्य र बहिनी तारा । नयाँ ठाउँ, समय र परिस्थिति । सबै ठिक मिल्यो । Read More »

राता, पहेंला रूखहरू

एक बथान परेवाहरू यताबाट उता उड्छन् । मैले देखेको मन्दिरको शहर काठमाडौंका परेवा मान्छेले छरेका अन्न खान्छन् । यहाँ चर्चमा पुग्छन् । त्यतै बस्छन् । मन्दिरमा जस्तो ह्वारह्वार अन्न नछरे पनि मान्छे चरा, लोखर्केलाई ख्वाउन रुचि राख्छन् ।

ह्विल-चियरमा हि‌डेका स्थानिय एक मित्रले आफ्नो बास्केटमा बदाम बोकेका थिए । उनलाई मैले सोधें, ‘किन बोक्यौं ?’ उनले भने, ‘लोखर्केलाई ख्वाउँछु नि ।’
परेवा मात्र एक्ला छैनन्, म्यानचेस्टरको आकाशमा उड्ने । शहरको मध्य हुँदै सिगुल चराहरू यता र उता गर्छन् । यीनको बथान छैन । एक्लाएक्लै लाग्छन् ।
परेवा मेरा लागि नयाँ होइनन् । तर यहाँका परेवाका लागि म नयाँ हुँ । परेवाहरू त्यसरी नै गुर्छन् । भालेले पोथी रिजाउने तरिका उस्तै लाग्छ । मनलाग्दा बिस्ट्याउँछन्, जहाँ पायो त्यहिं । बानी त उस्तै रहेछ । तर मानिस यहाँका सफा रूचाउँछन् । सफा गर्छन् । Read More »

अशोक, तिमी केहि गर्न सक्छौं

एउटा उत्साही अनि जिज्ञासु बालक, त्यो पनि स्कूले उमेरको । मलाई लाग्छ, उसँग मेरो पहिलो भेट काठमाडौं, बूढानिलकण्ठमा भएको ‘राष्ट्रिय बालक्लब सम्मेलन’ मा भएको थियो । सेभ द चिल्ड्रेन अलायन्स, कन्सोर्टियम र प्लान नेपालले २०६३ भदौ २०-२२ मा गरेको ‘परिवर्तनका पाइलाहरुमा ……… बालबालिकाको सहभागिताको अधिकार’ नामक उक्त सम्मेलनमा म एउटा कार्यपत्र प्रस्तुत गर्न पुगेको थिएँ । मेरो प्रस्तुति राखिएको २१ गते काठमाडौं अशान्त थियो । यातायात सुचारु थिएनन् । चाबहिलबाट बूढानिलकण्ठको ‘पार्क भिलेज होटल’ पुग्न मलाई निकै हम्मेहम्मे भएको थियो । चाबहिलबाट कसो-कसो गरेर तीन वटा गाडी फेर्दै म त्यहाँ पुगेको थिएँ । यो घम्साघम्सीको परिस्थितिले अशोक र मेरो भेट गराएको थियो । अशोक त्यहाँ आएका ३७ जिल्लाका ८८ बालबालिकामध्ये एक सहभागी थिए । यहाँ अहिलेको मेरो लेखनको केन्द्र बन्दैछन्, अशोक दर्नाल ।

उभो नेपालतिर केल्भिन डुलेथे

ए राजेश,
मैले तिम्रो ब्लग हेरें । निकै रमाइलो रहेछ । (उनले हेरेको ब्लग ‘म सानो छँदा’ स्तम्भको हो । त्यो अहिले खाली छ । सबै सामग्री यसै ब्लगमा सारिएको छ ।)
अनि मेरो दिमागमा एउटा प्रश्न उब्जेको छ, के तिमी नेपालको प्रख्यात राजनीतिक परिवार (जस्तै : बीपी) का सदस्य हौ ? (होइन भनेर मैले जवाफ फर्काएको छैन !!)
तिमीले सोधेअनुसार मैले आफ्नाबारेमा लेखेर पठाएको छु ।
साथमा हिमाल आरोहणसहितका तस्बिर अट्याच्ड गरेको छु ।
मेरो जिज्ञासा ‘केल्भिन केन्ट’ (तस्बिर : सगरमाथा चढ्ने तयारीका बेला र सन् २००९ मा केल्भिन) सँग थियो । म यता निकै माथिल्लो स्टेट- न्यु ह्याम्सरमा, उनी थोरै दक्षिण-पश्चिम कोलोराडोमा । गत वर्ष समाचार बनाउने क्रममा केन्टसँग फोनमा कुरा गरेको थिएँ । उनका बारेमा जान्न इन्टरनेट खुब चहारेको थिएँ । उनी नेपालसँग निकट रहेको थाहा पाएपछि थप बुझ्न मन लाग्यो र मैले इमेल पनि लेखे, अनि सोधे, ‘यसो लेख्नुस् न त नेपाल पुग्दाका कुरा ।’
मैले खोजेर केहि थाहा पाएँ । उनले केहि लेखे । उनी सन् १९७० मा दक्षिणी मोहडाबाट गरिएको अन्नपूर्ण हिमाल आरोहणका सहयोगी थिए । उनले गत वर्ष (सन् २०१०) ९ अक्टोबरमा कोलोराडो राज्यको औरेमा उक्त आरोहणसहितका नेपालका तस्बिरको एउटा प्रजेन्टेसन गरेका थिए । औरेमा चाहि एउटा ‘अपेरा हाउस’ लाई सहयोग जुटाउनु थियो । (उनले पछि इमेलमा मलाई भनेका थिए – सहयोगका लागि ५ हजार डलर उठ्यो ।)

कालि आउट, अर्जुन इन

‘म फर्कदै छु, नेपाल,’ यो उनले दुई पटक मलाई भने । दुई सन्दर्भमा । ‘कूटनीतिक रिपोर्टिङ गर्नुपर्छ,’ उनको सल्लाह थियो, मेरा लागि ।
‘सुन्ने सबैको हो, गर्ने आफूले हो,’ भनेजस्तो म भने सामाजिक विषयमा नै अल्मलिन रुचाउने मान्छे । उनका अगाडि हुन्छ भने पनि मेरो इच्छाको विषय हैन ।
मैले दुईपटक अमेरिकास्थित नेपाली दूतावास जाँदा भेटे । फोनमा कुरा त धेरै भयो । सन्दर्भ, तीनै उपनियोक प्रमुख कालिप्रसाद पोखरेल (तस्बिर, बीचमा कालिप्रसाद र टोपी लगाएका गोविन्द गिरी ‘प्रेरणा’का साथमा म) को । उनले बिदा लिएका छन्, वासिंगटन डिसीको नेपाली दूतावासबाट ।
उनी फर्कन लागेको फेसबुकका कमेन्टहरुले भन्थ्यो र भन्छन् ।
‘दिन गन्दैछु ।’
‘बोरा-विस्तरा बाँध्ने दिन आए ।’
‘तिमी जानुअघि एउटा म:म: पार्टी हुनुपर्छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासमा काम गरेर फर्केकी नताशा बास्लेले लेखेकी छन् ।
‘अहिले देखि नै शुन्य महशुस भैसक्यो; गए पछि त झनै के होला !!’ पत्रकार अमृता लम्सालको मनको कुरा ।
‘बिदाई पार्टीहरुमा रमाएको छु ।’
‘ओट्टावा आएको छु ।’
‘न्युयोर्कतिर ।’

मीठो धुन बजाउने ‘आइसक्रिम ट्रक’

निकै मीठो धुन बजाउँदै एउटा ‘ट्रक’ टोलतिर पस्यो । ट्रक रहेछ, आइसक्रिम बेच्ने । निकै सिंगारिएको ट्रक देख्दा ठूलैलाई आइसक्रिम किनौं-किनौं लाग्छ । घरका लालाबाला एउटा वा दुईटा क्वार्टर (एक डलरको चौथाइ) चाहन्छन् । पाए, एक डलर नै सहि । किनभने यसबेला नानीहरूको स्कूल बिदा छ । जून महिनामा यहाँका स्कूलहरुको शैक्षिक सत्र सकिन्छ । करिब ३ महिना लामो बिदापछि नयाँ शैक्षिक-सत्र शुरू हुन्छ । अरु घरमा जस्तै मेरा दुईटा साना भान्जा पनि घरमा छन् । टोलमा उनीहरुका उमेरका दर्जनभन्दा बढी भुराभुरी छन् । आइसक्रिम ट्रक किन पो नआओस् यतातिर !?

अर्जुनप्रसाद मैनाली मच्छड हो कि जुका ?!

‘हजुर नमस्कार ! जन्मदिनको शुभकामना ! अर्को वर्षको जन्मदिन चाहिं रक्तदान गरेर मनाउनु पर्छ है, हजुर !’ यो शुभकामना उनकै फेसबुकका २ हजार १ सयभन्दा बढी साथीले पाउँछन् । दुईटा-दुईटा हजुर जोडेर, तीन वटा विस्मयादिबोधक चिन्ह राखेर हाम्रो रगत प्याकेटमा बन्द गरेर अर्कालाई दिन अनुरोध गर्ने मान्छे के साँच्चै मान्छे हो ? म त भन्छु, ‘होइन, यो वीरगञ्जतिर हुर्किएको मच्छड हुनुपर्छ ।’
यो मान्छे आफूले गर्न लागेको कामको अग्रिम जानकारी र गरेपछिको विवरण सबैलाई आफ्नो इमेलबाट ठेल्छ । लामो इमेल देखेर आफ्ना सयौं इमेल-साथीहरु झर्को पनि मान्दा हुन् । तै पनि इमेल पठाउन छाड्दैन । तपाईलाई लाग्दैन, ‘झुल टाँगेर सुतेपछि पनि जिद्दी गरेर भित्र छिर्न खोज्ने वीरगञ्जतिर हुर्किएको मच्छड हुनुपर्छ, अर्जुनप्रसाद मैनाली ।’
अर्जुनप्रसाद मैनाली अमेरिकाको न्युयोर्कको हिक्सभिल्लमा बस्छ । एउटा छुसी नेपाली रगत दिन्छ । दिन्छ । अरुलाई दिनुपर्छ भनेर भन्छ । त्यो पनि निकै प्यारो पारामा । यो सूचना-प्रविधिको जमानामा रगत दिनुपर्छ भन्ने सन्देश उ अमेरिकामा मात्र हैन, संसारभरका नेपालीलाई पु-याउँछ । जबर्जस्ती पु-याउँछ । के तपाईलाई उसको जिद्दी देखेर लाग्दैन, ‘वीरगञ्जतिर हुर्किएको मच्छड हुनुपर्छ, अर्जुनप्रसाद मैनाली ।’