नोबेल कीर्तिमानमा महिला


नोबेल समितिले
यो वर्ष (सन् २००९) पाँच महिलालाई प्रतिष्ठित नोबेल पुरस्कारका लागि छनौट गर्‍यो । नोबेल पुरस्कारको इतिहासमा सबैभन्दा बढी महिला पुरस्कृत भएको यो पहिलो अवसर हो । यसअघि सन् २००४ मा तीन महिलाले विभिन्न विषयमा नोबेल पुरस्कार पाएका थिए । नोबेलमा महिला पुरस्कृत हुने बढ्दो क्रमको प्रशंसा गर्नैपर्छ ।
सन् २००९ का नोबेल पुरस्कार र महिलाको सन्दर्भ कीर्तिमानका हिसाबले निकै उल्लेख्य छ । नोबेल पुरस्कारको १०८ वर्षे इतिहासमा पाँच महिला पुरस्कृत भएको पहिलो हो भने अर्थशास्त्रमा महिला पुरस्कृत भएको यो दोस्रो अवसर हो । सन् १९६९ मा स्थापित अर्थशास्त्रतर्फको नोबेल पुरस्कार यसपटक अमेरिकी अर्थशास्त्री इलिनोर ओस्त्रमले पाएकी हुन् । उनीसँग नेपालको नाता पुरस्कार दिएपछि खुलेको थियो । उनले नेपालमा गरेको सूक्ष्म-अर्थशास्त्रको अध्ययन पुरस्कारको एउटा पाटो बनेपछि हामीले उनलाई निकट मानेका हौं ।
नोबेल पुरस्कार पाउने महिलाको संख्या ४१ पुगेको छ । पोल्याण्डकी मेरी क्युरी सन् १९०३ मा भौतिकशास्त्र र सन् १९११ मा रसायनशास्त्रमा नोबेल पुरस्कार पाएर दुवै विषयमा पुरस्कृत हुने प्रथम महिला बनेकी थिइन् । Read More »

विभेदको छायामा महिला मृत्युदरमा कमी

विश्वले १ सय २१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको बेला बेलायतको मेडिकल जर्नल ‘लान्सेट’ ले एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वमा महिला विभेद व्यापक रहेको जनायो । प्रतिवेदनले भनेको छ, ‘साइप्रसका महिला धेरै बाँचेका छन् भने आइसल्यान्डका पुरुष । साइप्रसमा १ हजार महिलामध्ये ३८ जना मात्र ६० वर्ष नपुग्दै मर्छन् । यही तथ्यांकले यो राष्ट्र नम्बर एक हुन पुगेको हो । सन् १९७० मा साइप्रस १० औं स्थानमा थियो । दक्षिण कोरियाले साइप्रसलाई पछ्याएको छ । विश्वका अधिकांश ठाउँमा महिला मृत्युदरको तुलनामा पुरुष मृत्युदर निकै बढी छ ।’ अध्ययनमा जनगणना, मृत्युदर्ता एवं विभिन्न सर्वेक्षण समावेश गरिए। अध्ययन सन् १९७०, सन् १९९० र सन् २०१० गरिएको र चाँडै हुने मृत्युमा विशेष ध्यान दिइएको थियो । Read More »

महिला नेतृलाई नाता जोडेरै हेर्नुपर्ने ?

गत माघ २६ गते कान्तिपुर दैनिकको पहिलो पृष्ठमा ‘कोस्टारिकामा महिला राष्ट्रपति’ समाचार प्रकाशित भयो । समाचारका दुईमध्ये पहिलो वाक्य ‘कोस्टारिकामा लाउरा चिन्चिला पहिलो महिला राष्ट्रपति भएकी छिन्’ थियो भने अन्तिम वाक्य ‘पिता नोबेल विजेता ओस्कार आरियासको कार्यकालमा उनी उप-राष्ट्रपति थिइन्’ भन्ने कुरा प्रकाशित भएको थियो ।
उक्त पछिल्लो वाक्यले समाचार संप्रेषणभन्दा पनि व्यंग्य गरेजस्तो अनुभव हुन्छ । विश्वमा राष्ट्रपति, प्रधानमन्त्री बनेका महिलाहरूको परिचयमा यस्तै वाक्य जोडिने क्रम रोकिएको छैन । यो त धनी र विकसित राक्ष्ट्रको कुरा भयो । गरिब र विकासशील राष्ट्रमा त यस्तो चलन अझ व्यापक छ । त्यसमा पनि दक्षिण एसियाली मुलुकले त कीर्तिमान नै बनाएका छन् । महिलाले नेतृत्व सम्हाल्दैमा ‘पिता वा पति’ को सम्बन्ध जोडिहाल्नुपर्छ र ?
अमेरिकामा बिल क्लिन्टन राष्ट्रपति रहँदा उनकी पत्नी हिलारीलाई अर्को राष्ट्रपति भनेर लिइयो । हिलारी त्यहाँ एक्लै उभिन सकिनन् । उनका नाममा पति बिलको नाम जोडियो । सञ्चारकर्मीले पनि यसलाई फरक ढंगबाट हेर्न कन्जुस्याइँ गरे । छोराले पिताको बिँडो थाम्न हुन्छ भने छोरीले किन नहुने ? पतिको नाम जोडेर अघि बढ्दैमा उसको के गल्ती ?

संसदमा महिला

राजनीतिमा महिलासम्बन्धी समाचारले उल्लेख्य स्थान पाएको वर्ष सन् २००९ महिला सांसद्को संख्यामा उतार-चढावको वर्ष नै रह्यो । त्यसका केही प्रमाणहरू अफ्रिकी मुलुक नै छन् ।
गत नोभेम्बर २७-२८ मा अफ्रिकी मुलुक नामिबियामा संसदीय निर्वाचन भयो तर त्यो निर्वाचन महिलाहरूका लागि आशावादी रहेन । अघिल्लो संसदमा ३० दशमलव ८ प्रतिशत महिला सदस्य रहेकोमा पछिल्लो निर्वाचनले केवल २५ प्रतिशत महिलालाई मात्र संसदमा पठाउन सक्यो । उता बोत्स्वानामा अक्टोबरमा भएको संसदीय निर्वाचनमा पनि महिला प्रतिनिधित्व ह्वात्तै घट्यो । पछिल्लो निर्वाचनमा ११ प्रतिशत महिला प्रतिनिधि चुन्ने बोत्स्वानाका जनताले अक्टोबर निर्वाचनमा केवल ६ दशमलव ५ प्रतिशत महिला प्रतिनिधि चयन गरे । यही परप्रेक्ष्यमा मलावीको समाचार भने केही सुखद् रह्यो । मे महिनामा त्यहाँ भएको निर्वाचनले २२ प्रतिशत महिला सांसद् चुन्यो जव कि अघिल्लो संसदमा त्यहाँ १४ प्रतिशत महिला सांसद् थिए ।  अफ्रिकाभर यस्तो आशा-निराशा रहे पनि दक्षिण अफ्रिकाको अप्रत्याशित छलाङलाई साधुवाद दिनैपर्छ । दक्षिण अफ्रिकाको ‘हाउस अफ एसेम्बली’ मा ३३ प्रतिशत महिला प्रतिनिधि रहेकोमा अहिले ४४ प्रतिशत पुगेको छ । सन् २०१५ सम्म अफ्रिकाका केही देशले संसदमा महिला सहभागिता ५० प्रतिशत पुर्‍याउने लक्ष्य लिएका छन् । Read More »

सर्वाधिक धनीको सूचीमा महिला

विश्वका सर्वाधिक धनीको सूची सार्वजनिक हुँदा यसमा महिलाको स्थिति कस्तो रह्यो ? ‘फोर्ब्स’ पत्रिकाले यस्तो सूची बर्षेनी निकाल्दै आएको छ। यसपटकको सूचीमा अघिल्ला ११ स्थानमा पुरुष नै छन्।
‘फोर्ब्स’ को सूचीमा परेका महिलामध्ये सबैजसो आफूले कमाएर धनी भएको पाइँदैन । पिता वा श्रीमानको सम्पत्ति उनीहरूमा  सरेको पाइन्छ। पुरुषको विवरण हेर्दा आफैं कमाएर धनी हुने प्रशस्त छन्। सूचीमा उल्लेख गरिएकामध्ये १ सय स्थानभित्र परेका महिला को-को हुन् ? उनीहरू कति सम्पत्ति भएर अर्बपति छन् ? कस्तो छ, उनीहरूको पारिवारिक पृष्ठभूमि ?