के गरिखालान् नानीहरुले ?

बालकोसेली ‘कोपिला’ ले आफ्नो प्रकाशनको साढे आठ वर्षमा धेरै व्यक्तित्वको बाल्यकाल पाठकसामु ल्याएको छ । वार्ता ४० वर्षदेखि १ सय वर्षभन्दा बढीका व्यक्तित्वसँग गरिए । वार्तामा भएका कतिपय प्रसंग बालबालिकाका लागि नहुने भएकाले छापिएनन् ।
त्यस्ता प्रसंगमध्ये उहाँहरूले जागिर खाएका विषय सबै अभिभावकले पढ्न जरुरी छ ।

होस्टलबाट आमालाई चिठ्ठी

प्यारी आमा
अस्ति बिदामा आउँदा मैले घरमा ‘तारे जमीन पर’ हेरेको थिएँ नि । हो, त्यस्तै भएको छ । मलाई पनि अँध्यारोमा डर लाग्छ । हजुरलाई थाहै छ ।
मलाई यहाँ बस्न मन छैन । घर फर्कन पनि मन छैन । म के गरौं आमा ? यो होस्टल हो की तर्साउने घर ? राती मलाई डर लाग्छ । उमेश दाई त रातभर सपनामा बोल्छ । दीपक घुर्छ । आमा मलाई खुब डर लाग्छ ।
गर्मी छ । पंखा चल्दैन । ठूला दाईहरुले पंखाको पातो नै बंगाएका छन् । अझ स्वीच थिच्ने ठाउँ फुटाएका छन् । झुक्किएर छोयो भने करेन्ट लाग्ने डर छ ।
गर्मीमा धेरै लामखुट्टे आउँछन् । झ्यालको जाली च्यात्तिएको छ । अस्ति हजुर र बाबा आउँदा ढोका खोलेर मात्र हेर्नु भयो । झ्याल त हेर्नु भएन नि । निद्राको सुरमा झुलमा पनि लात्तिले हिर्काउँदो रहेछु । आमा मलाई लामखुट्टेले टोकेर मार्ने भए । मेरो सबै रगत खाने भए । म घरको त्यो नरम ओछ्यान सम्झन्छु ।
हजुरलाई थाहा छ, हामी बस्ने कोठा सानो छ । १२ जना राख्ने भनेको त्यहि कोठामा हामी १८ जना बस्छौं । तलातला भएका खाट छन् । हजुरले देख्नुभएकै हो । विपुल भन्ने एउटा भाइ छ । उ सानो भएकाले तल्लो तलामा सुत्छ । उभन्दा माथिल्लो तलामा जयश दाई सुत्छन् । जयश दाई ठूला भएपनि ओछ्यानमा पिसाब गर्दा रहेछन् । अस्ति विपुलको जीउभरी पर्‍यो । Read More »