एउटा राम्रो स्कुल

‘घरनजिक एउटा राम्रो स्कुल होस्,’ आम-अभिभावक यही चाहन्छन् । पत्रिकाका पानामा दिनहुँ विज्ञापन छापिएका छन् । भर्ना खुलेको छ । सबै स्कुलका ढोका खुला छन् । यति हुँदाहुँदै पनि सहरिया बाबु-आमालाई कुन स्कुल राम्रो र कुन नराम्रो भन्ने कुराले रात छर्लङ कटाइदिएको छ । हरेक वर्ष पुनः भर्नाको झमेलामा केही हजार रुपैयाँ खर्चनु पर्छ । स्कुल फेरे त झनै मार । नयाँ पोसाक, त्यसमा पनि जाडो र गर्मीका लागि भिन्न लुगा । नयाँ झोला, उस्तै ज्योमिट्री बक्स । नयाँ जुत्ता, भए दुइ वा त्योभन्दा बढी जोर । कहाँबाट बस चढ्ने ? कति बेला बस आइपुग्छ ? दिउँसो खानका लागि स्कुलकै क्यान्टिनमा भर पर्ने कि घरबाट पठाइदिने ? तीन बच्चा भए एउटालाई ट्युसन फि पो तिर्नु नपर्ने हो कि ? अनेकन प्रश्न । शैक्षिक सत्र सुरु हुँदा उब्जने प्रश्नका उत्तर शैक्षिक सत्र सकिँदा पनि पाइँदैनन् । छोराछोरीले फाट्टफुट्ट अंग्रेजी बोलिदिइहाल्छन् । बाबुआमा दंग ! आमघरमा यसै हुन्छ ।
Read More »

आन्दोलनका अभिभावक

आन्दोलनका अभिभावक आन्दोलन सुरु भएको छ । शैक्षिक क्षेत्र त्यसै पनि प्रभावित भइहाल्छ । त्यसमा पनि स्कुल खुल्ने/नखुल्ने वा बाटोमा हुने अवरोधका कारण अभिभावकलाई बढी नै चिन्ता हुन्छ । पढाइमा त बाधा भयो भयो, दिनहुँको ‘आन्दोलन रुटिन’ कहाँबाट थाहा पाउने ? स्कुलका लागि नानीहरू तयार पार्ने कि नपार्ने ? यस्तो विषयमा पनि राजधानीमा जानकारी पाउने सुविस्ता देखिन्छ तर बाहिर कहाँबाट पाउनु ?
Read More »

यसरी पनि आउँछ, डिस्टिङ्सन

घटना १
एसएलसीमा उनको डिस्टिङ्सन आयो । उनका अभिभावक दंग भए । कक्षा ११ मा प्रवेश गर्दा वाणिज्य (कमर्स) मा भर्ना गरिदिए । १२ सक्दा उनी फेल नै भइन । के गरौं कसो गरौं भएका अभिभावकले छोरी कसरी फेल भइ त भनेर खोजे । निकै अनौठो निष्कर्ष निस्कियो । यो मेरो नाताभित्र नै भएको घटना । एसएलसीमा ९० प्रतिशत ल्याएर १० जोड २ मा फेल हुने विद्यार्थी धेरै हुन थालेका छन् ।
घटना २
पछिल्लो एसएलसी परीक्षाको घटना हो । आफ्ना छोरालाई बिहान साढे छ बजे नै स्कूल पुग्नुपर्ने भनेपछि अर्का एक अभिभावकको टाउको रनक्क तात्यो । उनले स्कूल-प्रशासनलाई भने, ‘मेरो घर परीक्षा-केन्द्र परेको स्कूलकै साँधमा छ । त्यति बिहान किन पठाउनु स्कूल ? म पौने आठतिर परीक्षा-केन्द्रमा पुर्‍याउँछु ।’ स्कूल-प्रशासनले उत्तर दियो, ‘यो अनिवार्य हो । ल्याउनै पर्छ ।’ अभिभावकका मनमा खुल्दुली भयो, ‘किन पो यति बिहानै स्कूल बोलाइयो ?’ उनले यहि प्रश्नका उत्तर खोज्न थाले । यसमा पनि अर्को अनौठा निष्कर्ष निस्कियो । Read More »

नानीको ‘स्क्रिन’ मा बस्ने बानी

नानीहरूको स्क्रिन टाइमको चिन्ता सर्वत्र बढ्दो छ, मुलुक विकसित होस् वा अरू नै केही । झुप्रो होस् वा महल, राजा होस् वा रंक- सबैले नानीहरूको यही बानीमा चिन्ता लिनु परेको छ ।
गत साल (सन् २०११ जनवरी २५) अमेरिकी सरकारको ‘नीति तथा कार्यक्रम’ (स्टेट अफ युनियन अड्रेस) प्रस्तुत गर्दा राष्ट्रपति बाराक ओबामाले भनेको सम्झन्छु, ‘बालबालिकाको पढाइमा सुधार ल्याउने जिम्मेवारी हाम्रा कक्षा-कोठाबाट शुरू हुन्न । हाम्रा घर र समुदायबाट शुरू हुन्छ । पढ्ने बानी बसाल्ने जिम्मेवारी परिवारले लिनुपर्छ । यो साह्रै विस्तारै हुने प्रक्रिया हो । घरमा टेलिभिजन बन्द भएको हुनुपर्छ र नानीहरूले होमवर्क गरेको हुनुपर्छ ।’
यो चिन्ता टेलिभिजनमा नानीहरूले समय बिताएको र परिवारले टेलिभिजन खोलेर उनीहरूको पढाइ राम्रो हुन नसकेको दुवैतर्फ लक्षित थियो । उता कम्प्युटरको प्रयोगमा पनि नानीलाई कति बस्न दिने र के गर्न दिने भन्ने चिन्ता स्वभाविक देखिन्छ ।
हालै मात्र राष्ट्रपति ओबामाले सन् २०१२ को स्टेट अफ युनियन अड्रेस (जनवरी २४) आयो । यस अड्रेसमा भने नानीहरू र टेलिभिजनको सन्दर्भ थिएन (फोटो चाहीँ यो वर्षको) । Read More »

अभिभावकले के सम्म गरिदिने ?

‘दशैंबिदा भयो । त्यसैको तयारीमा बित्यो । दशैं आयो र गयो । छोराछोरीको दशैं होमवर्क त त्यसै रहेछ । त्यहि पो गराइरहेछु,’ एक मित्रलाई खबर सोद्धा पाएको उत्तर यहि हो ।
‘होइन आफैं गर्न सक्दैनन् र ?,’ मैले भने ।
‘अरु त यसै गर्छन् । नेपाली चाहिं ठ्याप्पै छ । आफैं लेखेर सार्न लाउँछु,’ उनले भने ।
यो कुराकानी लम्बियो । मैले जानेका र बुझेका कुरा भनें । उनलाई भनेका कुराहरु केवल उनका लागि होइन्, सबैका लागि उपयोगी हुन सक्छन् ।
एउटा चीनियाँ उखान बारम्बार हामी प्रयोग गर्छौं – ‘बल्छि दिने कि माछा मारेर दिने ?’ बालबालिकालाई आफैं गर्न सक्ने बनाउनुपर्छ । बल्छि दिनुपर्छ । सिप सिकाउनुपर्छ, माछा आफैं मार्छन् । ठिक्क पारिदिने वा वातावरण तयार पार्ने हो, बाँकी उनलाई गर्न दिने हो । छलफल गर्ने हो, निकास निकाल्ने पनि हो ।

गन्स एन्ड रोजेज

आमहड्तालको एकदिन पैदल घर फर्कदा बाटोछेउमा नानीहरु चिच्याइचिच्याइ भनिरहेका थिए, ‘ए फर आन्दोलन, बी फर बन्द, सी फर चक्काजाम…’ त्यसपछि भट्याउनेले भन्न जानेन र छेउमा बसेको दाईलाई सोध्यो, ‘डी फर के दादा -’ दादाले फर्कायो, ‘ढिच्युउ’ (गोली चल्दा आउने आवाजको सिने संस्करण) । म हिंडिरहेको थिएँ । त्यसपछि मैले केही सुनिन । घर पुगेर नेपाली शब्दसागर पल्टाएँ । कोशकार वसन्तकुमार शर्म्मा नेपालले ‘ढिच्युउ’ को अर्थ राख्नुभएको रहेनछ । वर्षौंदेखि सिनेमाको पर्दामा सिमित शब्द अब साना नानीहरूले शब्दकोशमा थपिदिएका छन् । Read More »

साना प्रश्नको ठूलो जवाफ ?

‘के बालबालिकालाई अभिभावकसँगै सुताउनु ठीक हो ?,’ मावली भाइ नवीन गौतमले हाम्रो पारिवारिक गुगलग्रुप चैनपुरेमा एउटा प्रश्न राख्यो। ऊ क्यानाडाको स्थायी बासिन्दा (पिआर) भएर गएको केही समय बितेको थियो। मुलुकमा रहँदा छोराछोरीलाई सँगै सुताएको बाबुले परिवारका सदस्यको राय लिन खोजेको मात्र थियो। करिब एक वर्षअघिको कुरा हो-टाइम पत्रिकाको अनलाइनमा एउटा अनुसन्धानको निष्कर्ष प्रकाशित भएको थियो। त्यसको अनुवाद विभिन्न नेपाली वेवसाइटले पनि गरेका थिए। उक्त निष्कर्षले उसमा कौतूहलता जगाएको थियो। गुगलग्रुपमा प्रश्न आएपछि हामीले आ-आफ्नो राय व्यक्त गर्‍यौं। टाइमले भनेको थियो, ‘शिशुलाई एउटै खाट वा कोठामा सुताउनु उसको विकासको पक्षमा छैन। Read More »

फुच्चेहरुको दादागिरी

जापानी सम्राटकी नातिनी आइकोलाई स्कुलका ठूला केटाहरूले जिस्क्याए । आठ वर्षीया उनी स्कुल जान मानिनन् । स्कुल जाने बेलामा अल्छी केटाकेटीजस्तो उनले पनि बाहना बनाइन् । कारण बुझ्न खोजियो । अन्तत समस्याको पहिचान भयो । उनी ‘स्कुल बुलिङ’ को सिकार भएकी रहिछन् । के हो बुलिङ ? ‘अङ्ग्रेजी-नेपाली बृहत् शब्दकोश’मा प्रा. शंकरराज पाठकले ‘बुली’ लाई ‘निर्धोलाई तर्साउनु’, ‘बल प्रयोग गरेर धम्की दिनु’, भनी अर्थ्याउनु भएको छ । यसलाई ‘सताउनु’ मात्र पनि भन्न सकिन्छ । सताइ शारीरिक वा मानसिक जे पनि हुनसक्छ ।
‘सताइ’ यस स्तम्भको सन्दर्भमा स्कुलमा हुने ‘बुलिङ’मा सीमित छ । विश्वका सबैजसो देशका स्कुलमा ‘बुलिङ’को समस्या टड्कारो छ । प्लान इन्टरनेसनलले आफ्नो एउटा दस्तावेजमा भनेको छ, ‘सताउनु धेरैजसो ठाउँमा एउटा सामान्य आचरणजस्तो छ, तर यसो नहुनु पर्ने हो । प्रतिवेदनले देखाएअनुसार सताउनाले पीडितको जीवनमा घातक असर पुग्छ, शारीरिक र मानसिक चोट, मद्यपान (सानाले यसो नगर्लान्) अनि बढी नै हुने अवस्था रहे, आत्महत्या । सताइएका छात्रा अरू साथीको तुलनामा आत्महत्या गर्न आठ गुणा बढी अग्रसर हुने गरेको अनुसन्धानले देखाएको छ ।’

मीनपचासको व्यवस्थापन

शब्द: मीनपचास । अर्थ: मंसिर एक्काइसदेखि माघ दस गतेसम्म पचास दिनको जाडोयाम । शिक्षण संस्थाहरूमा प्रायः सोही याममा दिइने हिउँदे बिदा, माछालाई समेत जाडो हुने अवधि (नेपाली शब्दसागर) । यसरी अर्थ्याइएको जाडो अब रहेन ।
उपत्यकाको तापमान बढेको छ । जाडो हुने दिन घटेका छन् । जाडो पहिलेजस्तो छैन । राजनीतिक अस्थिरताका कारण पढाइ प्रभावित भइरहेको छ । बिदा र बन्दबाट काम रोकिनेमा यसै पनि विद्यालय पहिलो नम्बरमा छन् । त्यसमा पनि सरकारी विद्यालयले आँखा चिम्लेर बिदा दिन्छन् । निजी विद्यालय व्यापार पनि भएकाले बिदामा थोरै सचेत रहन्छन् । Read More »

के गरिखालान् नानीहरुले ?

बालकोसेली ‘कोपिला’ ले आफ्नो प्रकाशनको साढे आठ वर्षमा धेरै व्यक्तित्वको बाल्यकाल पाठकसामु ल्याएको छ । वार्ता ४० वर्षदेखि १ सय वर्षभन्दा बढीका व्यक्तित्वसँग गरिए । वार्तामा भएका कतिपय प्रसंग बालबालिकाका लागि नहुने भएकाले छापिएनन् ।
त्यस्ता प्रसंगमध्ये उहाँहरूले जागिर खाएका विषय सबै अभिभावकले पढ्न जरुरी छ ।