एकनारायण गुरुङ सानो छँदा

चाँदी मुन्द्रे

क्याप्टेन एकनारायण गुरुङ समाजसेवी हुनुहुन्छ । उहाँले ब्रिटिस सेनामा २७ वर्ष बिताएपछि देश फर्केर गुरुङ समुदायको विकासका लागि काम गर्नुभएको छ । पोखरास्थित गोर्खा स्मृति संग्रहालय स्थापना गर्न धेरै काम गर्नुभएको छ । बेलायतको उच्च सम्मान भिक्टोरिया क्रस पाउने वीर नेपालीको अभिनन्दन तथा सम्मान कार्यक्रम गर्न उहाँ अगुवा हुनुहुन्थ्यो । एकनारायणको जन्म २००४ मंसिर १६ गते पर्वत जिल्लाको दुर्लु देउरालीमा भएको हो । उहाँका पिताको नाम हवल्दार मुखिया कुलबहादुर र माताको धनलक्ष्मी हो । उहाँहरू ३ दाजुभाई र तीन दिदीबहिनी जन्मनुभएको हो । उहाँ जेठो हो । उहाँ गुरुङ (तमु) बौद्ध सेवा समिति, तमु छोंज धीं स्थापना गर्ने अगुवामध्ये हुनुहुन्थ्यो । उहाँले थुप्रै देश भ्रमण गर्नुभएको छ । बेलायती सेनाबाट फर्केपछि संयुक्त राष्ट्रसंघअन्तर्गत युगान्डा (अफ्रीकाको देश) गई शान्ति स्थापनामा काम गर्नुभएको छ । देश तथा विदेशमा विभिन्न सम्मान पाएका गुरुङ सानो छँदाका केही सम्झना :

मीरा राणा सानो छँदा

मीरा बेपत्ता

मीरा राणा प्रसिद्ध गायिका तथा संगीतकार हुनुहुन्छ । उहाँले करिब १ हजार ६ सय गीत गाउनुभएको छ । २०३५ पुसदेखि रेडियो नेपालमा गीत-संगीतको सेवा गर्न थाल्नुभयो । सुरुमा सुब्बा पदमा नियुक्त हुनुभएको थियो । उहाँ गत असोजमा मुख्य संगीत प्रबन्धकका रुपमा सेवानिवृत्त हुनुभयो । मीराको जन्म २००८ असोज विजयादशमीका दिन काठमाडौंको कमलपोखरीमा भएको हो । उहाँका पिता पं. शम्भुप्रसाद मिश्र हुनुहुन्थ्यो । मीराकी माताको नाम निर्मला हो । उहाँका दाजु, दुई भाई र बहिनी जन्मनुभएको हो । मीराको घरमै संगीतमय वातावरण थियो । पिता पं. शम्भुप्रसाद तबलाका ज्ञाता हुनुहुन्थ्यो । मीराले भारतको इलाहावादबाट संगीतमा विशारद गर्नुभएको छ । उहाँले २०२२ सालमा पहिलोपटक रेडियो नेपालमा गएर गीत गाउनुभयो । त्यसबेला गीत रेकर्ड हुँदैनथे । उहाँले विभिन्न भाषा र करिब दुई दर्जन चलचित्र-गीत गाउनुभएको छ । विश्वका थुप्रै देश भ्रमण गरेकी मीराले धेरै सम्मान तथा पुरस्कार पाउनुभएको छ । यसपटक गायिका राणा सानो छँदाका केही सम्झना :

हिक्मतबहादुर माली सानो छँदा

अय्या ! डङ्की स्टिक

हिक्मतबहादुर माली व्यवसायी हुनुहुन्छ । उहाँले धेरै वर्षदेखि राजधानीमा पेट्रोलियम पदार्थको व्यापार गर्दै आउनुभएको छ । कालीमाटीस्थित माली आयल स्टोर्सका मालिक हुनुहुन्छ । उहाँ नेपाल-रसिया चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिज, नेपाल-जापान ट्रेड एन्ड इकोनोमिक फोरम र नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसनका अध्यक्ष हुनुहुन्छ । उहाँले ‘हिमाली’ नामक लुब्रीकेन्टस् बजारमा ल्याउनुभएको छ । मालीको जन्म २००९ सालमा कालीमाटीमा भएको हो । उहाँका पिताको नाम रामबहादुर र माताको नाम हरिप्रीया हो । हिक्मतकी एक बहिनी हुनुहुन्छ । ‘एमबीए’सम्म पढेका माली विश्वमा २० भन्दा बढी देशको यात्रा गर्नुभएको छ । उहाँले व्यवसायसम्बन्धी विभिन्न विदेशी कार्यक्रममा सहभागी हुने मौका पाउनुभएको छ । मालीले गाएका भजन, आधुनिक, नेवारी गरी करिब दुई दर्जन गीत रेकर्ड छन् । यसपटक माली सानो छँदाका केही सम्झना :

प्रा डा गंगा श्रेष्ठ सानो छँदा

लन्डन पुग्दा

प्रा डा गंगा श्रेष्ठ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा प्राज्ञ हुनुहुन्छ । उहाँले त्रिचन्द्र कलेजमा एक र बाँकी समय त्रिभुवन विश्वविद्यालयकै तथ्यांक केन्द्रिय विभागमा तथ्यांकशास्त्र पढाएको चालिस वर्ष पुगेको छ । उहाँको जन्म २००४ माघमा ललितपुरको झम्सिखेलमा भएको हो । पिता भरतलाल र माता प्रेमकुमारीका तीन छोरा र चार छोरी जन्मिए । उहाँ साहिली छोरी हो । त्रिचन्द्र कलेजबाट आइएस्सी र बीएस्सी गरेपछि उहाँले भारतको भागपुर युनिभर्सिटिबाट तथ्यांकशास्त्रमा स्नातकोत्तर गर्नुभयो । दिल्ली युनिभर्सिटिबाट पिएचडी पूरा गर्नुभयो । उहाँले बिएस्सीका लागि तथ्यांकशास्त्र विषयको अंग्रेजीमा दुई पुस्तक एक्लै र नेपालीमा एक पुस्तक अरुसँग मिलेर लेख्नुभएको छ । बेलायत, अमेरिका, इटाली, अष्ट्रेलिया, स्विट्जरल्यान्ड, बंगलादेश, भारत आदि देश पुग्नुभएको छ । गंगाले एमएस्सी र पिएचडी गरेपछि महेन्द्र विद्याभूषण, विश्वविद्यालयबाट शिक्षा पुरस्कार तथा इटालीको ‘इन्टरनेसनल सेन्टर फर थ्यौरिटिकल फिजिक्स’बाट एसोसियट अवार्ड पाउनुभएको थियो । यसपटक श्रेष्ठ सानो छँदाका केही सम्झना :

पुरुषोत्तम दाहाल सानो छँदा

सय डढ्यो

पुरुषोत्तम दाहाल पत्रकार हुनुहुन्छ । उहाँ एक मानवअधिकारवादी पनि हो । राजनीतिकशास्त्रमा एमए गरेका दाहाल वाल्मिकी क्याम्पसमा त्यहि विषय पढाउनु हुन्छ । उहाँको जन्म २०१५ मंसिर १३ गते ओखलढुंगाको बिगुटारमा भएको हो । उहाँका पिताको नाम पण्डित रत्नप्रसाद र आमाको नाम टिकाकुमारी हो । उहाँहरू ६ दाजुभाई र तीन दिदीबहिनी जन्मनुभएको हो । २०३४ देखि पत्रकारिता गर्दै आएका दाहालले नेपाल टाइम्स दैनिक, राष्ट्रपुकार साप्ताहिक, नेपालवाणी साप्ताहिक, देशान्तर साप्ताहिक, चेतना साप्ताहिक आदिमा काम गर्नुभयो । जनआन्दोलन १ पछि उहाँले रेडियो नेपालमा ‘घटना र विचार’ कार्यक्रमका प्रस्तोता, राष्टिय समाचार समितिको अध्यक्ष, कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहँदा सञ्चार सल्लाहकार हुनुभयो । ‘राजधानी’ दैनिक निस्कदा प्रधान सम्पादक हुनुहुन्थ्यो । ०५९ पछि दुई वर्ष च्यानल नेपालको ‘अग्निपरीक्षा’ कार्यक्रमका प्रस्तोता हुनुभयो । उहाँ ०४५ मा स्थापित नेपाल मानवअधिकार संगठनका संस्थापकमध्ये एकजना हो । ०५३ जेठमा स्थापित मानवअधिकार तथा शान्ति समाजमा अहिले सभापति हुनुहुन्छ । उहाँले एक दर्जन देशको भ्रमण गर्नुभएको छ । एक्लै दुई र संयुक्त लेखनबाट उहाँका चार पुस्तक प्रकाशित छन् । महेन्द्रविक्रम मानवअधिकार पुरस्कार, प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार २०५८ आदि प्राप्त दाहाल सानो छँदाका केही सम्झना :

शकुन्तला शर्मा सानो छँदा

खुकुरीले झण्डै..

शकुन्तला शर्मा चर्चित नाटक-निर्देशक हुनुहुन्छ । उहाँले २०२६ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानमा कलाकारका रुपमा काम गर्न थाल्नुभएको हो । शर्माले अभिनय गरेका नाटकको संख्या त धेरै छ । यसबीचमा उहाँले ‘बदलिंदो आकाश’, ‘वासुदेव’, ‘चेलिबेटी’, ‘सिन्दुर’, ‘सन्तान थरिथरिका’ जस्ता चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँको जन्म २००८ मंसिरमा काठमाडौंको लाजिम्पाटमा भएको हो । उहाँका पिताको नाम आसमान गुरुङ र माताको नाम माधवी गुरुङ हो । उहाँका एक दाजु, एक दिदी र एक बहिनी जन्मनुभएको हो । शकुन्तला माहिली छोरी हो । उहाँले रेडियो नेपालबाट प्रसारण हुने धेरै रुपक (रेडियो नाटक) मा काम गर्नुभएको छ । नाटकको बोलीका कारण उहाँ धेरै स्रोताकी प्रिय पात्र बन्नुभएको थियो । शर्माले एकल, समूह र युगल (दुईजना) मा गाएका धेरै गीत पनि रेकर्ड भएका छन् । उहाँले प्रज्ञामा ४० वर्ष बिताइसक्नुभएको छ । नाटकका क्षेत्रमा राम्रो काम गरेकै कारण विभिन्न सम्मान पाएकी शर्मा सानो छँदाका केही सम्झना :

राधेश्याम प्रधान सानो छँदा

एकसुरे बालक

राधेश्याम प्रधान नृत्य-निर्देशक हुनुहुन्छ । उहाँले ‘माला’, ‘चान्डालिका’ (नेवारी), ‘संघर्ष’, ‘न्हीला न्हीला हुँ’ (नेवारी) जस्ता आधा दर्जनभन्दा बढी चलचित्रमा नृत्य-निर्देशन गर्नुभएको छ । थुप्रै भिडियो चलचित्रमा पनि नृत्य निर्देशन गर्नुभएको छ । उहाँको जन्म २०१० वैशाख १५ मा काभ्रेपलान्चोकको बनेपाको ओकुटोलमा भएको हो । उहाँ चिनीयाँलाल र उत्तरकुमारीका माहिला छोरा हुनुहुन्छ । उहाँहरू तीन दाजुभाई र तीन दिदीबहिनी जन्मनुभएको हो । उहाँले ०२६ देखि ०६३ सालसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेर नृत्यको विकासका लागि काम गर्नुभयो । ०२१ मा नृत्य प्रशिक्षण लिंदा नारायणदेवी प्रधानसँग उहाँको चिनजान भयो । उहाँहरू दुवै ११ वर्षका हुनुहुन्थ्यो । लामो समय सँगै काम गरेका राधेश्याम र नारायणदेवीले पछि विवाह गर्नुभयो । नारायणदेवी भने अहिले पनि प्रज्ञामा नृत्य-निर्देशक हुनुहुन्छ । भारतका इलाहावादबाट नृत्यमा एमए गरेका प्रधानले नृत्यकारकै रुपमा विश्वका धेरै देश घुम्नुभएको छ । राष्ट्रसेवाका लागि धेरै सम्मान र पुरस्कार पाएका प्रधान सानो छँदाका केही सम्झना :

ज्ञानु राणा सानो छँदा

बुबाको गुनगुन

ज्ञानु राणा प्रतिष्ठित गायिका हुनुहुन्छ । उहाँले एक हजार चार सयभन्दा बढी गीत गाउनुभएको छ । ती गीतमध्ये राणाले करिब ४ सय भजन र एक दर्जन जति बालगीत गाउनुभएको छ । उहाँको जन्म २००६ कात्तिक ३ मा काठमाडौंको ठमेलमा भएको हो । उहाँका पिता जनकविकेशरी धर्मराज थापा हुनुहुन्छ । माता सावित्री हुनुहुन्छ । उहाँले गायिका रूपमा चीन, जापान, दक्षिण कोरिया, पाकिस्तान, श्रीलंका, थाइल्यान्ड, ताइवान, बर्मा, तत्कालिन सोभियत संघको भ्रमण गर्नुभएको छ । इन्द्रराज्यलक्ष्मी पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, संगीत महाविद्यालय प्रथम पुरस्कार आदि पाउनुभएको छ । संगीतमा स्नातक राणा सानो छँदाका सम्झना :

मदन चित्रकार सानो छँदा

लुकेर चित्रकार

मदन चित्रकार कलाकार र कला-लेखक हुनुहुन्छ । उहाँको जन्म सन् १९४७ फेब्रुअरीमा काठमाडौंको असन, त्यौडमा भएको हो । उहाँ विख्यात चित्रकार तेजबहादुर चित्रकारका छोरा हुनुहुन्छ । तेजबहादुर र चन्द्रमानसिंह मास्केले कोलकातामा कला पढेर आएपछि कलालाई नयाँ मोड दिनुभएको हो । त्यसपछि नेपाली कलाले आधुनिक युगमा प्रवेश गरेको मानिन्छ । तेजबहादुर र मनकेशरीका दुई छोरा र एक छोरी जन्मिएका हुन् । मदनले त्रिभुवन विश्वविद्यालयबाट इतिहास र संस्कृतिमा एमए गर्नुभएको छ । भारतको मुम्बईमा कलासम्बन्धी ‘गभर्मेन्ट डिप्लोमा’ र निदरल्यान्डबाट ग्राफिक डिजाइनमा विशेष डिग्री हासिल गर्नुभएको छ । उहाँले ०३५ देखि ०५२ सम्म पर्यटन मन्त्रालय रहेर काम गर्नुभयो । अहिले फाइन आर्ट क्याम्पस, सिर्जना कलेज अफ फाइन आर्ट्स र काठमाडौं युनिभर्सिटि सेन्टर फर आर्ट एन्ड डिजाइनमा काम गर्नुहुन्छ । विश्वका तीन दर्जनभन्दा बढी देश घुमेका मदनले आफ्नै पिताबारे ‘तेजबहादुर चित्रकार : आइकन अफ ए ट्रान्जिसन’ पुस्तक लेख्नुभएको छ । उहाँले २०३५ अघि बाल संगठनबाट निस्कने ‘बालक’ पत्रिकामा ‘खिस्स दाँत’ कमिक्स बनाउनुभयो । नयाँ शिक्षा लागू भएपछि कक्षा ४ माथिका ‘माइ इंग्लिस बुक’ का लागि चित्र बनाउनु भयो । ती किताब बेलायती सल्लाहकार इरिक एच. ग्लेन्डिङ किताब लेख्नुहुन्थ्यो, चित्र मदनले बनाउनु हुन्थ्यो । धेरैपटक आफ्ना कला प्रदर्शन गरेका मदन सानो छँदाका केही सम्झना :

नारायणदेवी प्रधान सानो छँदा

सधैं बुद्रुक बुद्रुक

नारायणदेवी प्रधान वरिष्ठ नृत्यांगना हुनुहुन्छ । उहाँको जन्म २०१० असोजमा ललितपुरको सोनीम्ह टोलमा भएको हो । नारायणदेवीका पिताको नाम नारायणदास र माताको तीर्थमाया हो । उहाँका दुई दाजु र दुई दिदी जन्मनुभएको हो । पाँच सन्तानमध्ये उहाँ कान्छी हो । नृत्यमा स्नातकोत्तर गरेकी नारायणदेवीले विश्वका थुप्रै देश भ्रमण गर्नुभएको छ । उहाँले पाएका पुरस्कारको सूची निकै लामो छ । नारायणदेवीले नेपाल प्रज्ञा प्रतिष्ठानमा ४५ वर्ष बिताइसक्नुभएको छ । उहाँले यीनै वर्षमा देखेका र भोगेका घटना समेटेर एउटा पुस्तक लेख्ने योजना बनाउनुभएको छ । यसपटक नारायणदेवी सानो छँदाका केही घटना :