म बयालीस नम्बरको मन्त्री

म ४२ नम्बरको मन्त्री । देशको १५ औं अञ्चलमा बस्ने । ७६ औं जिल्लाको क्षेत्र नं. १० बाट चुनाव जितेको । सांसद नम्बर २ सय ६ । ‘पावर’ का हिसाबले म सबैभन्दा उपल्लो दर्जाको । मेरा नम्बरमा ‘शून्य’ थप्दाको अर्थ नै खतरनाक । नागरिकता दुईतिरको । चरित्र विचित्रको । छालाको रंग थाहा पाइहाल्नुभयो नै होला । जिब्रो सर्पको जस्तो । व्यक्तित्वका हिसाबले मेरो तौल प्रधानमन्त्रीभन्दा बढी । Read More »

दाह्री: अम्रिकाका लागि हानिकारक छ

यसबेला अम्रिका र अम्रिकानेलाई दाह्री भएका एकुन्टा मान्छ्याले डर देखाइराख्या छ । ती दाह्री भा’ मानिस सर्वगुण सम्पन्न भा’ पनि सुन्या त हो । आम मुसलमानजस्तै टाउकाँ सेतै कपडा बाँधेका (कतै कात्रै त बाध्या होइनन् नि बा !), लामो कुर्ता लाका, बूढोजस्ता देखिने, दाह्री पाल्या, साँगुर्‍या आँखा, चोसे पर्‍या चिउँडा, पातलो र अग्लो शरीर भा’ ती दाह्री पाल्या मान्छ्या हुन् – ओस्मा बिन लादेन । लादेनका बोली चाम्रा छैनन् रे नम्रा छन् । उनी आफ्ना मित्रालाई झैं सबैलाई राम्रा व्यावार गर्नाका खातिर प्रसिद्ध छन् । अझ उनलाई पढाउने एकुन्टा मास्टरले त के पनि भनिदिए भने विद्यार्थी रहँदा ओस्मा त लजालु पनि थे । केट्केटीमा कतै मस्किन्थे कि ?  Read More »

राजधानी एक्सप्रेस

अहिले राजधानीमा मान्छेको अनुपातमा गाडि बढेका छन् अर्थात् पहिले मान्छे जुन अनुपातमा बढ्थे, अहिले त्यो छैन । गाडि बढ्ने क्रम भने बढ्दो छ । तै पनि राजधानीमा बस यात्रा कठिन नै छ, त्यसमा पनि कार्यालय जाँदा र आउँदा । खलासी मान्छे कोच्न नजान्ने छ भने यसले त्यो काम नगरे हुन्छ । ड्राइभर अघिल्लो जन्ममा बकुल्लाका रुपमा जन्मिएको हुनुपर्छ, उ ढुकिरहन्छ । यहाँका बसका लागि यात्रु होइन, एक बराबर पाँच रुपैयाँ हुन्छ । सात किलोमिटर पार गर्न आधा घण्टा त लागिहाल्छ । Read More »

उम्मेदवार नं. २०६

म उम्मेदवार नं. २०६ । चुनावमा उम्मेदवारहरू उठ्छन् । म पनि क्षेत्र नं. २०६ बाट चुनाव उठेको । आज बकपत्र जारी गर्ने शुभ-साइत । सबैले घोषणापत्र बनाउँछन्, घोषणा गर्छन् तर काम भने ठ्याम्मै गर्दैनन् । एकजनाले मात्र बक्ने भएकाले पनि यो बकपत्र हो, घोषणापत्र होइन । मेरो बकपत्र जारी गर्दा पत्रकार बोलाउँ भने को आउला र ? एक्लो मान्छेको बकपत्रमा के नै पो होला भन्लान् । त्यसैले यही एउटा निर्विकल्प माध्यमबाट आफ्नो बकपत्र जारी गर्न गइरहेको छु । कबोल गरिदिनु होला । अनि मेरो बकपत्रभन्दा पनि मेरो कूल के हो ? मेरा बाबु-दाजले हिँडेको मार्गमा म पनि हिँडेको छ वा छैन ? म पनि केही क्षमता भएको मान्छे हो वा होइन ? हिङ नभए पनि हिङ बाँधेको टालो हो कि ? त्यो बुझ्नैपर्ला । किनभने मैले आफ्नो जीवनी कतै छापेको वा छपाएको छैन अथवा भनौं कसैले लेख्ने जमर्को नै गरेका छैनन् । Read More »

के ? कस्तो ?

प्रजातन्त्रः अन्धाहरूलाई हात्ती
सरकारः तरबार हराएको रित्तो म्यान
पक्षः सत्तामा मस्त
विपक्षः भत्तामा मस्त
जनताः बाह्र छोरा तेह्र नाती
            बूढाको धोक्रो काँधै माथि
पत्रिकाः राजनीतिक दलका बुलेटिन
पत्रकारः राजनीतिक दलका बुलेट
दरबारः सिङ भाँचिएको गोरू
देशः केवल बदल्छ भेष
महानगरः महाकोपरा
देशको राजनीतिः बिहारी प्रजातन्त्रको चाल र गति
खुला बजारः महँगीको व्यापार
मानव अधिकारः बाँच्नेलाई धिक्कार, मर्नेलाई अधिकार
प्रेस स्वतन्त्रताः मत्ता हात्ती, ज्यादा नमात्ती
महानगर प्रमुख (काठमाडौं) : सेवा, मेवा, ढेवा
विकासः गएको छ प्रवास
संस्कृतिः बालुवामा हालेको पानी
परम्पराः सौताको छोरा
नेताः उता न यता
फेरि, जनताः भेडा, पाँच वर्षे जगेडा
००
(२०५३ को गाईजात्राका बेला ‘फूमन्तर’, नम्बर ३, हाँस्यव्यङ्ग्य पत्रिकामा प्रकाशित)